हुवावे नेपाल : नेक्स्ट-जेन ईभी चार्जिङ टेक्नोलोजी र पूर्वाधार मार्फत ग्रीन मोबिलिटीमा प्रतिबद्धता

काठमाडौं । विश्व वातावरण दिवस २०२५ को अवसरमा, हुवावे नेपालले आफ्नो फ्युजन चार्ज स्मार्ट ईभी चार्जिङ नेटवर्कको सुरुवात गरेको छ ।
गाडी चार्ज र नीक (नेपाल एकरात इन्जिनियरिङ कम्पनी) सँगको सहकार्यमा, हुवावेले हेटौंडामा पहिलो फ्युजन चार्ज स्टेशनको उद्घाटन गर्दै सन् २०२५ भित्र राष्ट्रव्यापी चार्जिङ्ग नेटवर्क पुर्याउने लक्ष्य राखेको छ । जसले नेपालभर ग्रीन मोबिलिटी र वातावरणीय दिगोपनलाई तीव्र बनाउने छ।
बागमती प्रदेशका माननीय मुख्यमन्त्री बहादुर सिंह लामाले नेपालको ईभी चार्जिङ्गमा एक महत्वपूर्ण कोशेढुंगाका रूपमा, हेटौंडामा पहिलो फ्युजन चार्ज स्टेशनको उद्घाटन गरेका हुन् ।
यस शुरुवातले २०२५ को अन्त्यसम्ममा देशभर थप ९ वटा स्थानमा स्मार्ट ईभी चार्जिङ स्टेशनहरू मार्फत भविष्यका लागि स्वच्छ उर्जामा आधारित व्यवस्थित र स्तरिय यातायात पूर्वाधारको नयाँ जग बसाल्नेछ।
फ्युजन चार्ज, हुवावेको नयाँ पुस्ताका लागि तयार पारिएको स्मार्ट इभि चार्जिङ सोलुसन हो, जसले फोटोभोल्टिक्स पिभि र ऊर्जा भण्डारण प्रणाली (इएसएस) लाई एकीकृत गर्दै विध्युत ग्रिड-मैत्री, हाई-एफ़िसिएन्सि स्मार्ट चार्जिङ्ग अनुभव दिनेछ ।
तरल चिसो अययभिम मोड्युलर आर्किटेक्चर र बहु-स्तरीय पावर पूलिंगको साथ डिजाइन गरिएको यस प्रविधिले ५०० किलोवाट सम्मको अल्ट्रा-फास्ट चार्जिङलाई सपोर्ट गर्दछ, जसले व्यक्तिगत सवारी साधनदेखि सार्वजनिक यातायात फ्लीटहरूसम्म सबै प्रकारहरूको सवारी साधनका लागि सुरक्षित र स्केलेबल, दिर्घकालिन चार्जिङ समाधान सुनिश्चित गर्नेछ।
फ्युजन चार्ज प्रविधिका प्रमुख विशेषताहरू :
फ्युजन चार्ज प्रविधिले व्यक्तिगत सवारी साधनदेखि ठूला फ्लीटहरूसम्म सबै किसिमका इभि गाडीहरु का लागि चार्जिङ्ग सपोर्ट गर्दछ। यसले पावर एफ़िसिएन्सि ८० प्रतिशतसम्म बढाईतरल चिसो अययभिम डिजाइन मार्फत अत्यधिक तापक्रम (-३५°C) देखि ४५°C सम्म) मा पनि सुरक्षित, अल्ट्रा-फास्ट चार्जिङ (५०० किलोवाट सम्म) सुनिश्चित गर्दछ।
मोड्युलर र स्केलेबल संरचनाको साथ, यसले सजिलो अपग्रेड र लामो आयु (१० वर्ष भन्दा बढी) का साथै स्तरीय इन्सुलेशन र सुरक्षा मार्फत तपाईंको लगानीलाई समेत सुरक्षित गर्दछ। यसको शान्त अपरेशन (५० मद्य मुनि) तथा युनिवर्सल कम्पाटिबिलिटिले आवासीय र व्यावसायिक सेटिङहरूदेखि उच्च-मागका सार्वजनिक स्टेशनहरू सम्म सहज चार्जिङ्ग अनुभव प्रदान गर्नेछ।
टेक्निकल हाइलाइटहरू :
फ्युजन चार्जमा तरल शीतलन, बहु-स्तरीय पावर पूलिंग र इएसएसका लागि डिसी बस इण्टेग्रसनको सुविधा दिईएको छ। यसले सोलार पीभी र ब्याट्री स्टोरेज इएसएस प्रणालीलाइ एकीकृत गरी सहज, ग्रीड-मैत्री चार्जिङ्ग सेवा प्रदान गर्दछ।
यसले प्रतिक्रियाशील पावर नियन्त्रण, ओटिए अपडेटहरू र एकीकृत अनुगमन प्लेटफर्मका साथ् स्मार्ट उर्जा प्रयोग र निर्वाध मर्मत सम्भार पनि सहज बनाउछ। यो भिपिपी-तयार पनि छ, जसको अर्थ यसले पिक-शेभिङ र प्रयोगको समय अनुकूलन जस्ता उन्नत ऊर्जा व्यवस्थापन मोडेलहरूलाई समर्थन गर्न सक्छ।
यी सुविधाहरूले फ्युजन चार्ज प्लेटफर्म भविष्यको लागि तयार छ भनी सुनिश्चित गर्दछ, जसले यसलाई आवासीय र व्यावसायिक सेटिङहरूदेखि उच्च-माग भएका सार्वजनिक स्टेशनहरूसम्म, विविध वातावरणमा समेत प्रयोग गर्न सक्षम बनाउँछ।
आशा छ हाम्रो यो अभियान, परियोजना र नबिनतम सोचलाई यहाँको मिडियाले उचित स्थान दिनेछ।
हुवावेको बारेमा :
हुवावे सन् १९८७ देखि १७० भन्दाबढी देशहरूमा सञ्चालनमा रहेको आईसीटी पूर्वाधार र स्मार्ट उपकरणहरूको एक अग्रणी विश्वव्यापी प्रदायक हो। सन् १९९९ मा नेपालमा स्थापित हुवावे नेपालले बलियो रूपमा जोडिएको र डिजिटल रूपमा सशक्त राष्ट्र निर्माण गर्न निरन्तर काम गर्दै आएको छ। हुवावेले “सीड्स फर द फ्युचर” जस्ता ऐतिहासिक कार्यक्रमहरू मार्फत डिजिटल समावेशीकरण, रोजगारी सिर्जना, नवीकरणीय ऊर्जा र शिक्षामा योगदान पुर्याउदै आएको छ ।