सेयर बजारमा सुधार, परिसूचक २७.२९ अंकले बढ्यो, ८ अर्ब ६८ करोडको कारोबार

साताको दास्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा हरियाली छाएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २७.२९ अंकले बढेर २६ सय ५७ दशमलव १९ बिन्दुमा पुगेको छ ।
बजार बढे पनि आज कारोबार रकम भने घटेको छ । आज ३२२ कम्पनीको १ करोड ७५ लाख १ हजार ८०२ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ ।
हिजो आज ३१३ कम्पनीको १ करोड ९९ लाख ९२ हजार कित्ता सेयर खरिदबिक्रि हुँदा ९ अर्ब १३ करोड ७४ लाख १४ हजार रूपैयाँको कारोबार भएको थियो ।
मकर जितुमाया हाइड्रोपावर, पियोर इनर्जी, दोल्ती पावर कम्पनी, विध्यवासीनी हाइड्रोपावर र मायाखोला हाइड्रोपावर गरी ८ कम्पनीकाे सेयर मूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ ।
यसदिन १९० कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने ५७ कम्पनीकाे सेयर मूल्य घटेकाे छ । यस्तै एक कम्पनीकाे सेयर मूल्य स्थिर छ ।