भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतले पारित

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ।
विधेयक पारित भएपछि बोल्दै अर्थमन्त्री पौडेलले यसले भन्सार प्रशासन र राजस्व परिचालनमा देखिएका विविध समस्याहरु समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
भन्सार प्रणालीलाई आधुनिक, पारदर्शी र प्रभावकारी बनाउँदै राजस्व संकलनलाई व्यवस्थित गर्न विधेयकको कार्यान्वयन महत्वपूर्ण हुने उनले बताए।
“विधेयक पारित भएसँगै अब कार्यान्वयनको चरणमा प्रवेश गर्दैछौं। यसले नीति निर्माणदेखि कार्यान्वयनसम्म देखिएका संरचनागत र सञ्चालनसम्बन्धी कमजोरीहरू समाधानमा टेवा पुर्याउनेछ,” अर्थमन्त्री पौडेलले भने।
सरकारले भन्सार प्रणालीलाई सुधार गर्दै व्यापारिक वातावरण सहज बनाउने लक्ष्यसहित विधेयक अगाडि सारेको हो।