लक्ष्मी सनराइजको कार्बन उत्सर्जन रिपोर्ट सार्वजनिक, १० हजार विरुवा राेपिँदै

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८0 /0८१ को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ ।
यसले वातावरण संरक्षण र जलवायु पारदर्शिताप्रति बैंकको प्रतिबद्धतालाई पुन : पुष्टि गरेको छ । जिम्मेवार बैंकिङको विश्वव्यापी अभ्यासहरू अपनाउने पहल अन्तर्गत यो प्रतिवेदन बैंकको दिगोपन सम्बन्धी वृहत कार्यदिशाको एक पाटो हो ।
कार्बन अकाउन्टिङ फाइनान्सियल (पिसिएएफ) पद्धतिको अनुसार तयार पारिएको प्रतिवेदनले बैंकको ऋण पोर्टफोलियोका प्रमुख क्षेत्रहरूसँग सम्बन्धित कार्बन फुटप्रिन्टको परिमाण निर्धारण गर्दछ। मूल्याङ्कन गरिएका पोर्टफोलियोहरूबाट सो आर्थिक वर्षमा कुल उत्सर्जन २०२,०१३.४२ टन CO₂ बराबर(tCO₂e) रहेको थियो।
पोर्टफोलियो अनुसार उत्सर्जन निम्न अनुसार रहेका छन :
. व्यापार कर्जा १९०,२९३.४२ tCO₂e
. परियोजना वित्त – (जलविद्युत बाहेक) : ७०५ .५६ tCO₂e
. गाडी कर्जा १,१,५२८.९८ tCO₂e
. घर कर्जा ९,४८५.४६ tCO₂e
त्यस्तै बैंकको जलविद्युत परियोजनाहरूमा लगानीहरुले अनुमानित २०,३४७.११ tCO₂e बराबरको कार्बन उत्सर्जन रोक्न योगदान पुर्याउँदै बैंकको स्वच्छ र नवीकरणीय ऊर्जा समाधानहरूको प्रतिको प्रतिबद्धतालाइ थप जोड दिएको छ ।
सन् २०४५ सम्ममा नेपालको नेट शून्य उत्सर्जन लक्ष्य अनुरूप, बैंकले ग्रीन फाइनान्स, ऊर्जा-सदुपयोगी कर्जाहरु तथा वातावरणीय जोखिम व्यवस्थापनजस्ता प्रयासहरु विस्तार गर्दै आइरहेको छ ।
साथै बैंकले आफ्ना कार्यसञ्चालन र ग्राहक सेवासम्बन्धी प्रणाली तथा अभ्यासहरूमा थ्रीआर दृष्टिकोणलाई प्रोत्साहन गर्दै आएको छ।
यही योजना अन्तर्गत बैंकले चालु आर्थिक वर्षमा १० हजार रूख रोप्ने साहसी पहल ‘मिसन १ लाख (मिसन १० हजार)’ पनि सञ्चालन गरेको छ।
यस अन्गर्गत हालसम्म लगभग ७ हजार ५०० रूखहरू रोपिई सकिएको छ । यसले जलवायु प्रति बैंकको प्रतिबद्धतालाई वास्तविक, मापनयोग्य कार्यमा बदल्नु पर्ने बैंकको विश्वासलाई थप सुदृढ पारेको छ।
यसलाइ निरन्तरता दिँदै भविष्यमा बैंकले आफ्नो कार्बन उत्सर्जनको मापनमा थप पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न थप कर्जाका वर्गहरू पनि समावेश गर्ने लक्ष्य राखेको छ। यी कार्यहरू लक्ष्मी सनराइज बैंकको दिगोपन रणनीतिको अभिन्न अंग बन्न गएको छ।