दाेस्राे दिन पनि सेयर बजारमा उत्साह, काराेबार १० अर्ब नाघ्याे « Arthapath.com
२८ जेष्ठ २०८२, बुधबार

दाेस्राे दिन पनि सेयर बजारमा उत्साह, काराेबार १० अर्ब नाघ्याे



काठमाडाैं । साताकाे तेस्राे काराेबार दिन मंगलबार पनि सेयर बजारमा हरियाली छाएकाे छ । आज सेयर बजार मापक नेप्से परिसूचक २६.२४ अंकले बढेर २६ सय ७९ दशमलव ३४ विन्दुमा राेकिएकाे छ ।

नेप्से परिसूचकसँगै आज काराेबार रकम पनि बढेकाे छ ।  आज ३११ कम्पनीको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता सेयर किनबेच हुँदा १० अर्ब १६ करोड ९ लाख ८१ हजार रुपैयाँको कारोबार भएको छ ।

हिजाे ३२२ कम्पनीको १ करोड ७५ लाख १ हजार ८०२ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार रुपैयाँको कारोबार भएको थियाे ।

यसदिन पियाेर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्सकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस्तै रावा इनर्जी डेभलपमेन्टकाे सेयरमूल्य ६. २० प्रतिशतले घटेकाे छ ।


प्रतिक्रिया दिनुहोस्