नेपाल इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्न आज अन्तिम दिन « Arthapath.com
३० जेष्ठ २०८२, शुक्रबार

नेपाल इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्न आज अन्तिम दिन



काठमाडाैं । नेपाल इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो। इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात जेठ ३० गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई नाममा रहेका शेयरधनीहरू मात्रै हकप्रद शेयरमा आवेदन दिन योग्य हुनेछन्।

कम्पनीले हालको चुक्ता पूँजीको अनुपातमा १० कित्ता बराबर ४ कित्ता (अर्थात ४० प्रतिशत) हकप्रद शेयर जारी गर्न लागेको हो।

इन्स्योरेन्सले प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।


प्रतिक्रिया दिनुहोस्