निरन्तर बढ्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार तोलामा १३०० रूपैयाँले बढेको सुनको मूल्य आज पनि प्रतितोला १६०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ भने १५ रुपैयाँले घटेको छ । बुधबार तोलामा २ हजार १६५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ