लिबर्टी माईक्रो लाईफ इन्स्योरेंसले बाग्मती प्रदेशका सहकारी संस्थासंग सम्झौता गरि गर्यो बीमा सेवा सुचारु « Arthapath.com
३० जेष्ठ २०८२, शुक्रबार

लिबर्टी माईक्रो लाईफ इन्स्योरेंसले बाग्मती प्रदेशका सहकारी संस्थासंग सम्झौता गरि गर्यो बीमा सेवा सुचारु



काठमाडौं । लिबर्टी माईक्रो लाईफ इन्स्योरेंसले हालै बाग्मती प्रदेशका विभिन्न सहकारी संस्थाहरुसंग सम्झौता गरि बीमा सेवा सुचारु गरेको छ।

एक्जोटिक सेविंग एण्ड क्रेडिट सहकारी, कालोपूल-५, पलेस्वां सेविंग एण्ड क्रेडिट, टेकुस जय मा अजिमा सेविंग एण्ड क्रेडिट, हाडिगाउँस क्लिक सेविंग एण्ड क्रेडिट, रातोपूलस प्रतिभा बहुउद्देश्यीय संस्था, ललितपुरस उत्तरबाहिनी बहुउद्देश्यीय सहकारी, गोकर्णेस्वरस ज्योति मिर्मिरे सामुहिक सेविंग एण्ड क्रेडिट, पनौति बिच सम्पूर्ण ऋणीहरुको बीमा गर्ने सम्झौता सम्पन्न भएको छ ।

आफ्नो ऋणी तथा सदस्यलाई भइपरी आउने दुर्घटनामा राहत होस् तथा संस्थाको ऋणको सुरक्ष्या गर्ने उद्देश्यले निकै नै सस्तो दरमा लघुजीवन बीमा गराइएको हो।

लिबर्टी माईक्रो लाईफ इन्स्योरेंस तथा बिभिन्न सहकारीका सम्बन्धित प्रतिनिधिहरुको उपस्थितिमा सम्झौता सुचारु गरेका हुन् । निकै नै सस्तो, गुणस्तरीय, न्यून आय भएका वर्गलाई लक्षित तथा अनलाईनबाटै सेवा लिन पाउने भएकाले यो सेवा लिनलाई अन्य सहकारी तथा संस्थाहरुलाई पनि यो सेवाको बारेमा जानकारी गराउने संस्थाका प्रतिनिधिले बताए ।

देशै भरीका सहकारीहरुमा ऋणी तथा सदस्यहरूका लागि बीमा सचेतना कार्यक्रम संचालन गर्दै लिबर्टी माइक्रो लाईफ अघि बढि रहेको छ ।

लगभग ६०५ नेपालीहरु बिशेषत न्यून आय भएकाहरु, इन्स्योरेंसको दाएरामा नआएका र त्यहि लक्षित बर्गलाई समेट्न सम्पूर्ण स्थानीय सरकार तथा सहकारीरलघुवित्तहरुलाई साथ तथा सहयोगको लागी आवहान गर्दै बीमा सेवा बिस्तार गर्न लिबर्टी माइक्रो लाइफले देशै भरीका विभिन्न जिल्लाका लागी योग्य ब्यक्तिहरुलाई पनि लिबर्टी परिवारमा जोडिन आवहान गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्