भुमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन भुमि सम्बन्धि समस्या समाधान आयोगको आग्रह

काठमाडौं । भुमि सम्बन्धि समस्या समाधान आयोगले भुमिहीन दलित र भुमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीका लागि व्यस्थापन गर्ने आयोगले आग्रह गरेको छ ।
उनीहरुलाई जग्गा बितरणका लागि आयोगले बिहिबार एक विज्ञप्ती प्रकाशित गर्दै निवेदन माग गरेको छ । आयोगले जग्गा बितरणका लागि स्थानीय तहमा गई तोकिएको ढाँचामा फलम भरी जेठ २९ गतेदेखी लागु गरी ३५ दिनभित्र निवेदन दिन आहवान गरेको छ ।
उक्त निबेदन संकलन गर्नेका लागि स्थानीय तहका वडाहरुका कर्मचारीहरु खटाईएको छ । उनीहरुमार्फत निवेदन दिन सकिने आयोगले जनाएको छ ।
