तिनकुने घटनाको गतिविधिमा प्रतिवादीलाई थुनामा राख्ने वा रिहा गर्नेबारेमा आज सरकारी वकिलले जवाफ दिँदै « Arthapath.com
३० जेष्ठ २०८२, शुक्रबार

तिनकुने घटनाको गतिविधिमा प्रतिवादीलाई थुनामा राख्ने वा रिहा गर्नेबारेमा आज सरकारी वकिलले जवाफ दिँदै



काठमाडौं । रावाजादी आन्दोलनमा तिनकुने घटनाको गतिविधिको आरोपमा थुनामा परेका दुर्गा प्रसाईसहित ३९ जनाको बहस अन्तिम चरणमा पुगेको छ ।

आज बिहिबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा सरकारी वकिलहरुले जवाफ दिदै छन् ।

प्रतिवादी प्रसाईका तर्फबाट कानुन व्यवसायीले बहसमा उठाएका बिषयमाथि काठमाडौंका सहन्यायाधिबक्ता रामहरी शर्मा काफ्लेसहित चार जनाले जवाफ दिने भएका छन् ।

यसअघि प्रसाईका तर्फबाट कानुन व्यवसायीका वरिष्ठ अधिबक्ताहरु रमन श्रेष्ठ, डा.सुरेन्द्र भण्डारी, टंक दुलाल, डा.भीमार्जुन आचार्य, बालकृष्ण न्यौपाने, सुशील पन्त, लवकुमार मैनाली, अधिबक्ता दीपेन्द्र झा, रेनुकादेवी सिटौला, दिवस खड्गी, लवान न्यौपाने र अधिबक्ता मनिष पाण्डेले बहस गरेका थिए ।

आज प्रतिवादीहरुलाई थुनामा राख्ने वा रिहा गर्नेबारेमा सरकारी वकिलहरुले जवाफ दिएपछि आदेश आउने छ । काठमाडौं जिल्ला अदालतका न्यायाधिश धुब्रराज कार्की इजलासमा थुनछेक जारी रहेको छ । राज्यविरुद्ध र ज्यानमार्ने कसुरमा ५० जना प्रतिवादीहरु मध्ये प्रसाईसहित ३९ जना थुनामा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्