आज पनि घटयो नेप्से परिसूचक, कारोबार रकम भने साढे १२ अर्ब नाघ्याे « Arthapath.com
३० जेष्ठ २०८२, शुक्रबार

आज पनि घटयो नेप्से परिसूचक, कारोबार रकम भने साढे १२ अर्ब नाघ्याे



काठमाडाैं । साताकाे अन्ति काराेबार दिन बिहिबार पनि सेयर बजारमा गिरावट आएको छ । बुधबार १३.२८ अंकले घटेकाे सेयर बजार मापक नेप्से परिसूचक आज ९.०८ अंकले घटेर २६ सय ५५ दशमलव ३८ बिन्दुमा झरेकाे छ ।

नेप्से परिसूचक घटे पनि यसदिन काराेबार रकम भने बढेकाे छ । आज ३११ कम्पनीकाे २ कराेड ८६ लाख ७ हजार ६८५ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ५१ कराेड ५३ लाख ८ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।

हिजाे ३०७ कम्पनीकाे २ कराेड २० लाख ७५ हजार ७६९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९० कराेड ७० लाख ५ हजार रूपैयाँकाे काराेबार भएकाे थियाे ।

आज ९१ कम्पनीकाे सेय। मूल्य बढेकाे छ भने १५६ कम्पनीकाे सेयर मूल्य घटेकाे छ । यस्तै १ काे स्थिर छ।


प्रतिक्रिया दिनुहोस्