भारतमा २४२ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त

काठमाडौँ । भारतको पश्चिमी राज्य गुजरात स्थित शहर अहमदाबादमा विमान दुर्घटना भएको छ ।
अहमदाबाद विमानस्थलबाट ब्रिटेनको राजधानी लण्डनका लागि प्रस्थान गरेको एयर इण्डियाको विमान उडान भर्ने क्रममा दुर्घटना भएको हो ।
दुर्घटना स्थलको आकाशमा निकै माथिसम्म कालो धूँवाको मुस्लो उठिरहेको तस्वीरहरु बाहिर आएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार मेघानी इलाकामा एउटा प्यासेञ्जर विमान दुर्घटना भएको भनेर अहमदाबाद प्रहरीले पुष्टि गरेको छ ।
प्रारम्भिक जानकारी अनुसार उक्त विमानमा २३० जना यात्रु र १२ जना चालक दलका सदस्य (क्रू मेम्बर) गरी २४२ जना सवार थिए ।
एयर इण्डियाले सामाजिक सञ्जाल एक्समार्फत् उडान नम्बर ‘एआई १७१’ रहेको लण्डन ग्याटविक जाँदै गरेको विमान यस दुर्घटनामा परेको पुष्टि गरेको छ ।
सुरुआति जानकारी अनुसार उक्त विमान ११ वर्षमात्रै पुरानो थियो । ‘बोइङ ७८७–८ ड्रिमलाइनर’ विमान दुर्घटनाको सिकार भएको छ ।
