पुष्पकमल दाहाल र माधवकुमार नेपालबिच भेटवार्ता, विपक्षी दलको बठैक बस्दै

काठमाडौं । गृहमन्त्री रमेश लेखकद्धारा अवररुद्ध संसद खुलाउन आज दुई शीर्ष नेताबिच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रका संसदीय दलको कार्यलयमा अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिच भेटवार्ता भएको हो ।
जेठ १३ गतेदेखी विपक्षी दलहरुले गृहमन्त्री लेखकको भिजिटभिसा प्रकरणबारे निष्पक्ष रुपमा छानबिन गर्ने समिति गठनको माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन ।
आज दुई दलका नेताबिच छलफल सकिए लगत्तै सांसदका विपक्षी दलहरुको बठैक सुरु हुन लागेको छ । उक्त बैठक सकिएपश्चात विपक्षी र सत्तारुढ दलको बैठक बस्ने भएको । दलहरु संसद खुलाउन सहमति जुटेपछि आजबाटै संसद अवरुद्ध खुलाउने दलहरुको भनाई छ ।
बुधबार संसद भवनमै विपक्षी दलहरुले नारवाजी लगाउदा सभामुख घिमिरेले सुचना जारी गर्दै स्थगित गरेको प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे बोलाइएको छ ।