तिनकुने घटनाः ७ थुनामा, ३२ धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतकाे आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनमा पक्राउ परेका आरोपितमध्ये ७ जनालाई थुनामा राख्ने र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएकाे छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले यस्तो आदेश जारी गरेको हो ।
खासगरी, तीनकुने घटनामा प्रत्यक्ष रुपमा संलग्न देखिएका राप्रपाका सांसद धवल शमशेर जबरा र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको नाम भने आदेशमा उल्लेख छैन ।
अदालतमा उपस्थित नै नभएको भन्दै मिश्र र जबरालाई फरार प्रतिवादीका रूपमा सूचीबद्ध गरिएको छ ।