एयर इन्डिया विमान दुर्घटनाः मृतकका परिवारलाई १ करोड भारु सहायता दिने टाटा ग्रुपको घोषणा « Arthapath.com
३१ जेष्ठ २०८२, शनिबार

एयर इन्डिया विमान दुर्घटनाः मृतकका परिवारलाई १ करोड भारु सहायता दिने टाटा ग्रुपको घोषणा



काठमाडौं । टाटा ग्रुपले बिहिबार भएकाे एयर इन्डियाकाे विमान दुर्घटनामा मृत्यु भएका परिवारलाई १ कराेड भारतिय रूपैयाँ सहयाेग गर्ने भएकाे छ ।

हिजाे भारतकाे अहमदावादबाट लण्डनका लागि उडेकाे एयर इन्डियाकाे जहाँज दुर्घटना हुँदा १४२ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ ।

टाटा ग्रुपमा रहेकाे जहाँज दुर्घटना भएपछि मृतक परिवारका सदश्य लाई १ कराेड भारतिय रूपैयाँ सहयाेग गर्ने तथा घाइतेकाे सम्पूर्ण उपचार खर्च व्यहाेर्ने भएकाे हाे ।

यस्तै दुर्घटनाका क्रममा भत्किएकाे मेडिकल कलेजकाे भवन बनाउन आर्थिक सहयोग गर्ने घोषणा समेत गरेको छ।


प्रतिक्रिया दिनुहोस्