इजरायलद्वारा इरानमा परमाणु तथा सैन्य ठेगानालक्षित आक्रमण, इरान रिभोल्युशनरी गार्ड हुसैन सलामीको निधन

एजेन्सी । मध्यपूर्वमा बढ्दाे तनाबबीच इजराइलले इरानमाथि आक्रमण गरेको छ ।
इजरेलले इरानको परमाणु कार्यक्रमहरूमा हमला गरेको इजरेली डिफेन्स फोर्सले बताएको छ भने इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटका आवाजहरू सुनिएकाे बीबीसीले उल्लेख गरेकाे छ ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इजरायली आक्रमणमा हालसम्म पाँच जनाको मृत्यु पुष्टि गरिएको छ।
मृतकहरूमा इरान रिभोल्युशनरी गार्डका कमाण्डर-इन-चिफ हुसैन सलामी, खातम अल-अनबिया केन्द्रीय मुख्यालयका कमाण्डर घोलमअली राशिद र चिफ अफ स्टाफ मोहम्मद बाघेरी सामेल छन्।
त्यसैगरी, परमाणु ऊर्जा संगठनका पूर्व प्रमुख फिरेदून अब्बासी, परमाणु वैज्ञानिक तथा तेहरानस्थित इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानचीको पनि सो आक्रमणमा मृत्यु भएको छ।
इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो देशको कदम आवश्यक परेजति कैयौँ दिन चल्ने बताएका छन्।
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइले हमला गरेर इजरेलले उसको नीच स्वभाव प्रकट गरेको भन्दै उक्त देशले आफ्नो निम्ति दुर्भाग्य निम्त्याएको र त्यो अवश्यम्भावी रहेको प्रतिक्रिया दिएका छन्।