रियलमी १४ सिरिज नेपाली बजारमा, गेमिङ र स्टाइलको नयाँ अनुभव « Arthapath.com
१ असार २०८२, आईतबार

रियलमी १४ सिरिज नेपाली बजारमा, गेमिङ र स्टाइलको नयाँ अनुभव



काठमाडाैं । नेपाली स्मार्टफोन बजारमा प्रविधिको नयाँ युगको आरम्भ गर्दै, विश्वप्रसिद्ध ब्रान्ड रियलमीले आफ्नो अत्याधुनिक रियलमी १४ सिरिज सार्वजनिक गरेको छ।

अत्याधुनिक डिजाइन, प्राविधिक उत्कृष्टता र गेमिङ–मैत्री विशेषताले भरिएको यो सिरिजले नेपाली प्रयोगकर्तालाई नयाँ अनुभव दिन तयार छ। सिरिज अन्तर्गत रियलमी १४ ५ जी र रियलमी १४ टी ५जी जस्ता शक्तिशाली स्मार्टफोनहरू समावेश छन्, जुन स्टाइल, गति र कार्यक्षमताको उत्तम संयोजन हो।

रियलमी १४ ५ जी मा स्नेन्याप ड्रयागन ६ जेन ४ ५ जी चिपसेट, ६००० एमएएच टाइटन ब्याट्री, १२०Hz उच्च रिफ्रेस सेट, अमाेल्ड डिस्प्ले र एन्टेना एरे म्याट्रिक्स २.० प्रविधि जस्ता सुविधाहरू छन्। आइपी ६६/६८/६९ प्रमाणित टिकाउ डिजाइन, एआइ आधारित ५० एमपी क्यामेरा, डुअल ५ जी सिम सपोर्ट, एनराेइड १४ मा आधारित रियलमी युआइ ५.० जस्ता नविनतम विशेषताले यो फोनलाई अत्यन्तै आकर्षक बनाएको छ।

त्यस्तै, रियलमी १४ टी ५जी मा मिडियाटेक डाइमेन्सिटी ६१००+ ५जी चिपसेट, ४५ वाट सुपरभुक चार्जिङ, ६००० एमएएच ब्याट्री र १२० हर्ट्ज एमोलेड टीयूभी प्रमाणित डिस्प्ले जस्ता विशेषताहरू छन्। ५० एमपी एआइ रियर क्यामेरा, आइपी ६९ प्रमाणित मजबुत संरचना र स्मार्ट एआइ फिचरहरू पनि यसमा समावेश छन्।

यी स्मार्टफोनहरू र्याम १२ जीबी + २५६ जीबी स्टाेरेज सहित आउनेछन्, जसमा डाइनामिक र्याम एक्सपान्सन फिचरद्वारा थप 12GB सम्म र्याम विस्तार गर्न सकिनेछ। साइड-माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर, एआइ फेस अनलक, युएसबि टाइप सी पोर्ट र ३.५ मिमी हेडफोन ज्याकजस्ता सुविधाहरूले प्रयोगकर्ता अनुभवलाई अझ सहज बनाउँछ।

हालैदेखि रियलमी १४ सिरिजको अग्रिम बुकिङ सुरु भइसकेको छ र पहिलो चरणको बिक्री पनि चाँडै सुरु हुने घोषणा गरिएको छ। नेपाली ग्राहकहरूले नजिकको आधिकारिक स्टोर वा अनलाइन डिजिटल पार्टनरमार्फत फोन अर्डर गरी विशेष अफरहरूको फाइदा उठाउन सक्नेछन्।

रियलमी १४ सिरिजसँगै अब नेपाली प्रयोगकर्ताले उच्च प्रविधि, स्मार्ट डिजाइन र रोमाञ्चक गेमिङ अनुभवको पूर्ण संयोजनपाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्