आइतबार पनि बढ्याे सुनकाे मूल्य, चाँदी स्थिर « Arthapath.com
१ असार २०८२, आईतबार

आइतबार पनि बढ्याे सुनकाे मूल्य, चाँदी स्थिर



काठमाडाैं । साताकाे पहिलाे दिन आइतबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । गत बुधबारदेखि लगातार बढेकाे सुनकाे मूल्यम आज पनि ताेलामा ४०० रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मुल्य प्रतिताेला १ लाख ९७ हजार ५०० रूपैयाँ पुगेकाे छ। गत शुक्रबार छापावाल सुनकाे मूल्य १ लाख ९७ हजार १०० रूपैयाँ ताेकिएकाे थियाे ।

यस अघि गत बुधबार सुनकाे मूल्य प्रतिताेला १३००, बिहिबार १६०० र शुक्रबार ४ हजार २०० रूपैयाँ बढेकाे थियाे । आज सुनकाे मूल्य लगातार चाैथाे दिन बढेकाे हाे ।

यस्तै आज चाँदीको भाउ भने स्थिर छ । शुक्रबार तोलामा २ हजार १६५ रुपैयाँमा निर्धारण भएकाे चाँदीकाे मूल्य आज पनि साेहि मूल्य ताेकिएकाे छ ।


प्रतिक्रिया दिनुहोस्