बैंकिङ्ग प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडाैं । आज असार १ गते नेपाल राष्ट्र बैंकले प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न बैंकले ४२ दिनका लागि ४० अर्ब रुपैयाँ तान्न लागेको हो।
यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। बोल गर्न सकिने रकम घटिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
सावाँ तथा ब्याज भुक्तानी आगामी असार १८ गते तोकिएको छ । यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।