ट्रेड टावरको आइपीओ बाँडफाँड, १७ लाख २९ हजार ७३८ आवेदकको हात खाली « Arthapath.com
१ असार २०८२, आईतबार

ट्रेड टावरको आइपीओ बाँडफाँड, १७ लाख २९ हजार ७३८ आवेदकको हात खाली



काठमाडाैं । ट्रेड टावर लिमिटेडको आइपीओ आज आइतबार (असार १ गते) बाँडफाँट भएको छ । धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आज बिहान साढे ९ बजे आइपीओ बाँडफाँट गरिएको हो।

कम्पनीले जेठ १४ देखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सर्वसाधारणका आइपीओ निष्काशन गरेको थियो। जसमध्ये ३ लाख २९ हजार ६४५ जनाले १० कित्ता र ५ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन् ।

बाँकी सदर आवेदकमध्ये १७ लाख २९ हजार ७३८ आवेदकको हात खाली भएको छ।

आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आवेदकले धितोपत्र बिक्री प्रबन्धक र आइपीओ जारी गर्ने कम्पनीको वेबसाइटका साथै मेरो शेयर र iporesult.cdsc.com.np मा गएर नतिजा हेर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्