इजरायल-इरान युद्धः तेलको अन्तर्राष्ट्रिय मूल्यमा तीव्र वृद्धि, नेपालमा कस्तो पर्छ असर ?

काठमाडाैं । इजरायलले इरानमाथि हमला गरेसँगै कच्चा तेलकाे मूल्य बढेकाे छ । दुई देशबीच युद्ध शुरु भएपछि कच्चा तेलको मूल्य ८ प्रतिशतले बढेर प्रति ब्यारेल ७५ डलर पुगेको रोयटर्सले उल्लेख गरेको छ।
दुई देशबीच युद्ध शुरु भएपछि कच्चा तेलको मूल्य ८ प्रतिशतले बढेर ७५ डलर प्रति ब्यारेल पुगेको रोयटर्सले उल्लेख गरेको छ भने प्रति ब्यारेल १०० डलर पुग्ने अनुमान गरीएको छ ।ब्रेन्ट क्रूड ७ प्रतिशतले बढेर झन्डै प्रति ब्यारेल ७४.२३ डलरमा बन्द भएको छ।
गत शुक्रबार अमेरिकी तेल र ब्रेन्ट क्रूडको मूल्य क्रमशः १४ र १३ प्रतिशतले बढेको थियो।
यो २०२२ मार्च (रुसले युक्रेनमाथि पूर्ण आक्रमण शुरू गरेपछि) यताको सबैभन्दा ठूलो मूल्य वृद्धि हो।
तेहरानले इजरायलमा थप ड्रोन वा मिसाइल प्रहार गर्न सक्ने भए पनि उसले अमेरिकाका मिडल इस्ट स्थित सैन्य अड्डा, रणनीतिक पूर्वाधार, वा साउदी अरेबिया तथा युएईका तेल र ग्याँस स्थलहरूलाई लक्षित गर्ने सम्भावना पनि छ।
तर सबैभन्दा संवेदनशील क्षेत्र भनेको होरमुज जलडमरु हो, जुन इरान र ओमानको बीचमा रहेको सानो जलमार्ग हो। दैनिक झण्डै २ करोड ब्यारेल तेल, ग्यास र अन्य इन्धन यस जलमार्गबाट विश्वबजारमा पुग्ने गरेकाे छ।
यदि ईरानले यो जलमार्ग अवरुद्ध गर्ने कोसिस गर्यो भने, तेलको मूल्य एक्कासी चुलिनेछ र १०० डलर भन्दा माथि पुग्ने सम्भावना रहेकाे विष्लेषण गरिएकाे छ।
ओपेक सदस्य राष्ट्रहरू साउदी अरेबिया, इरान, युएई, कुवेत र इराकले आफ्ना अधिकांश तेल यही मार्ग हुँदै एशियातर्फ निर्यात गर्छन्।
यी दुई देशबीच युद्ध जारी रहे तेल तेल आपूर्तिका साथै खाद्यान्नको मूल्य बढ्ने चिन्ता व्यापारीहरूले व्यक्त गरेका छन् ।
नेपालमा असर
इजरायल र ईरानबीचको तनावका कारण तेलको मूल्यमा भएको तीव्र वृद्धिले नेपालमा पनि प्रत्यक्ष असर पार्ने सम्भावना छ।
नेपाल पूर्ण रूपमा आयातित इन्धनमा निर्भर देश भएकाले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा स्वाभाविक रूपमा नेपाली बजारमा पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य बढ्नेछ।
यसले सार्वजनिक यातायातदेखि कृषिजन्य उत्पादन र उपभोक्ता वस्तुहरूमा मूल्यवृद्धि गराउन सक्छ, जसले सामान्य जनजीवनमा आर्थिक बोझ थप्नेछ। साथै, मुद्रास्फीति बढ्न सक्ने खतरा रहन्छ, जसले समग्र अर्थतन्त्रमा नकारात्मक असर पार्न सक्छ।