विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फकाे सोरुम अब पाेखरामा « Arthapath.com
१ असार २०८२, आईतबार

विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फकाे सोरुम अब पाेखरामा



पोखरा ।  विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फले आज पोखरामा नयाँ सोरुमको औपचारिक उद्घाटन गरेको छ। यस सोरुमको आधिकारिक डिलरको रूपमा इच्छाशक्ति अटोमोबाइल्स नियुक्त भएको छ ।

यसले नेपालको गण्डकी प्रदेश क्षेत्रका बाइकरहरूलाई अन्तर्राष्ट्रिय मोटरसाइकल अझ नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्नेछ। उद्घाटनको पहिलो दिनमै ५० वटा मोटरसाइकल डेलिभरी भएसँगै स्थानीय ग्राहकको अत्यधिक उत्साह झल्किएको छ।

इच्छाशक्ति अटोमोबाइल्सका आगोषमान बुद्धाचार्यले ‘पोखराको बाइकप्रेमी समुदायबाट पाएको प्रतिक्रिया साँच्चै उत्साहजनक रहेकाे बताए। उनले भने, ‘पहिलो दिनमै ५० मोटरसाइकल डेलिभर गर्नु भनेको ट्रायम्फप्रतिको भरोसा र यहाँका ग्राहकहरूको प्रिमियम बाइकप्रतिको माग दर्शाउँछ । हामी पोखरामै अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउन पूर्ण रूपमा प्रतिबद्ध छौं।’

ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले ट्रायम्फ मोटरसाइकल केवल सवारीसाधन होइन, यो निर्भरता, अखण्डता र विश्वासको प्रतीक भउकाे बताए।

उनले भने, ‘पोखराबाट पाएको न्यानो स्वागतप्रति हामी आभारी छौं र यहाँका ग्राहकहरूसँग दीर्घकालीन सम्बन्ध बनाउन इच्छुक छौं।’

कम्पनीले ट्रायम्फ स्पीड ४०० र स्क्रयाम्बलर ४०० गरी दुई मोडलका मोटरसाइकल बिक्री शुभारम्भ गरेको कम्पनीका अध्यक्ष इच्छामान बुद्धाचार्यले जानकारी दिए । नेपाली बजारमा ट्रायम्फ स्पीड ४०० को मूल्य ६ लाख ४९ हजार ९०० रुपियाँ र स्क्रयाम्बलर ४०० एक्सको मूल्य ६ लाख ९९ हजार ९०० रुपियाँ रहेको छ।

पोखरामा रहेको यो नयाँ सोरुममा प्रशिक्षित जनशक्ति तथा अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा उपलब्ध गराइएको छ। कम्पनीले आफ्नो आउटलेटलाई सेल्स (बिक्री), सर्भिस (सेवा), र स्पेयर (स्पेयर पार्ट्स) सहितको पूर्ण घछ सुविधा सहित तयार रहेको जनाएको छ।

यस सोरुमबाट पोखरा तथा वरपरका ट्रायम्फप्रेमीहरूलाई उच्चस्तरीय मोटरसाइकल, भरपर्दो सेवा र ओरिजिनल पाट्स पार्टयस सिज रूपमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्