आजबाट बजेट छलफल सुरु हुँदै

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२–८३ को बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने भएका छन् ।
संसद सचिवालयका अनुसार अर्थमन्त्री पौडेलले प्रस्ताव पेश गरेपछि बजेटमाथि विस्तृत छलफल सुरु हुनेछ ।
सरकारले जेठ १५ गते संसदमा आगामी आर्थिक वर्षका लागि कुल १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।
आजको बैठकबाट सांसदहरूले बजेटका विविध पक्षमा धारणा राख्ने प्रक्रिया औपचारिक रूपमा प्रारम्भ हुनेछ ।