लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री १३ प्रतिशतले बढ्याे

काठमाडौं । विश्वव्यापी विद्युतीय सवारी साधन निर्माता सेरेसले सन् २०२५ को अप्रिल महिनामा वार्षिक आधारमा पहिलो पटक न्यू इनर्जी भेहिकल बिक्री वृद्धिको उल्लेखनीय उपलब्धी हासिल गरेकोछ।
कम्पनीले उक्त महिना ३१,४८८वटा न्यू इनर्जी भेहिकल बिक्री गर्यो, जुन अघिल्लो वर्षकोसोही अवधिको तुलनामा १२.९९५ ले बढी हो र यसले चुनौतिपूर्ण प्रथम त्रैमासिक पश्चात्मजबुत पुनरागमनको संकेत गर्दछ।
चोंगकिंगलियाङजियाङ न्यू एरियामा रहेको यो अटोमोबाइल निर्माताकम्पनीले हुवावेसँगको सहकार्यमार्फत चीनको न्यू इनर्जी भेहिकल बजारमा बलियो उपस्थिती बनाएको छ।
यसको प्रमुख मोडल एम ९ मा अत्याधुनिक इन्टेलिजेन्ट ड्राइभिङ प्रविधि समावेश गरिएको छ र यो मोडलले पहिले बीएमडब्लु, मर्सिडीज-बेन्ज, आदि जस्ता लक्जरी इन्धनगाडीहरू चढेकाहरूलाई आकर्षित गरेको छ।
एम ९ ले ५००,००० युआन (लगभग ६९,४३५ अमेरिकीडलर) मूल्यको लक्जरी भेहिकल श्रेणीमा लगातार ११ महिना सम्म चीनकोसेल्स चार्टमा अग्रस्थान कायम राखेको छ।
सन् २०२५को पहिलो त्रैमासिकमा बिक्रीमा आएको कमीलाई विश्लेषकहरूले नयाँमोडेलमा रूपान्तरण भइरहेको ट्रान्जिसन सँग जोडेर हेरेका थिए। मार्चमा अपडेट गरिएको एम ९ को सार्वजनिक वितरणर अप्रिलमा एम ८ को सुरुवातसँगै उपभोक्ताको चासो पुनःजागृत भएको छ र अब फेरि बिक्री वृद्धिको सम्भावना बलियो बनेको छ।
बिक्रीको तथ्यांक अनुसार, जनवरीमा बिक्री १२,४८३ युनिट थियो, जुन मार्चमा घटेर ५,२३६मा झर्यो। तर एम ९ को२०२५ संस्करणको पहिलोपूर्ण वितरण महिना अप्रिलमा यो पुनःबढेर १३,१४९ युनिट पुगेको छ।
अप्रिल १६मा सार्वजनिक गरिएको एम ८, एम ७ र एम ९ को बीचको मोडलहो र यसको मूल्य ३५९,८०० युआन देखि ४४९,८०० युआन सम्म तोकिएको छ। लिडर प्रविधि र हार्मनी ओएस ककपिट जस्ता उच्चस्तरीय सुविधा भएको योमोडेल ले एम ९ भन्दाकरिब १,००,००० युआन सस्तो मूल्यमा लक्जरी रस्मार्ट फिचरहरू प्रदान गर्दछ।
सार्वजनिकभएको केहीसाता भित्रै यसले ७०,००० भन्दा बढी प्री-अर्डर प्राप्त गर्नुले पनि उपभोक्ताको ठूलो उत्साह झल्काउँछ।
सेरेसको सन् २०२४ को वार्षिक प्रतिवेदन अनुसार, कम्पनीले २०२४ मा ४,२६,८८५ वटा ल्भ्ख् बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा १८२.८४५ ले बढी हो। तर सन् २०२५ को पहिलो चार महिनाको ट्रेण्डलाई हेर्दा, गत वर्षको बिक्री स्तर कायम राख्नु चुनौतीपूर्ण देखिन्छ।
हाल सम्म सेरेसले एम ८ को विस्तृत डेलिभरी डाटा सार्वजनिक गरेको छैन, जसले गर्दा यसको वार्षिक प्रदर्शनमा कति प्रभाव पर्छ भन्ने मूल्याङ्कन गर्न कठिनछ। यद्यपि प्री-अर्डर तथ्यांकहरूले उच्च माग देखाएता पनि, वास्तविक वितरण भने उत्पादन क्षमताको सीमा, स्टक व्यवस्थापन र अर्डर रद्द हुने जस्ता कारणहरूले फरक पर्न सक्छ।
सेरेसको अप्रिलमा भएको सेल्स रिबाउन्ड चीनको सम्पूर्ण न्यू इनर्जी भेहिकल बजारले फेरि मोमेन्टम पाएको संकेत पनि हो।चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्सका अनुसार, सन् २०२५को अप्रिलमा चीनमा कुल १.२२६ मिलियन न्यू इनर्जी भेहिकल बिक्री भएका थिए, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४४.२५ ले बढी हो।सो महिनामा चीनमा बिक्री भएका कुल २.५९मिलियन सवारी साधनहरू मध्ये ४७.३५ ल्भ्ख् हरू थिए।