बैकिङ प्रणालीबाट एकैदिन ९० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज फेरी बैंकिङ प्रणालीबाट थप ९० अर्ब रूपैयाँ उठाउने भएकाे छ । बैंकिङ्ग प्रणालीमा भएकाे अधिक तरलता व्यवस्थापनका लागि केन्द्रिय बैंकले ३५ दिनका लागि उक्त रकम उठाउने भएको हो ।
यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरूसँग प्रस्ताव माग गरेकाे छ । बुधवार दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बैङ्क तथा वित्तीय संस्थाहरूले बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ ।
सावाँ तथा ब्याज भुक्तानी आगामी साउन ७ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ । निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । निक्षेप सङ्कलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव) पछिको हकमा चार (अंकसम्म) उल्लेख गर्नुपर्नेछ ।
बहु ब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।