उद्योग संगठन मोरङको नवनिर्वाचित कार्यसमितिलाई मोरङ उद्योग व्यापार संघकाे स्वागत « Arthapath.com
४ असार २०८२, बुधबार

उद्योग संगठन मोरङको नवनिर्वाचित कार्यसमितिलाई मोरङ उद्योग व्यापार संघकाे स्वागत



काठमाडाैं । बुधबार मोरङ उद्योग व्यापार संघले उद्योग संगठन मोरङको नवनिर्वाचित अध्यक्ष नन्दकिशोर राठी सहित संगठनका पदाधिकारीहरु र कार्यकारिणी सदस्यहरुलाई संघमा स्वागत गरेको छ ।

संघका अध्यक्ष अनुपम राठीले नवनिर्वाचित अध्यक्ष नन्दकिशोर राठीलाई फुल गुच्छा, माला र अविर लगाइ स्वागत गरेका हुन् ।

त्यसैगरी संगठनका उपाध्यक्षहरु, बिपिन कावरा, सुवोध कोइराला, कोषाध्यक्ष पारस लुनिया, का.का.सदस्यहरु, शौरभ सारडा, जयन्द्र शर्मा, सन्तोष कुमार भगत, सिद्धार्थ कावरा, सृजन प्याकुरेल, श्रीमती किरण ब्यास, पारस गोल्छा, उकेश अग्रवाल र महानिर्देशक चुडामणी भट्टराईलाई संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह र उपाध्यक्ष बिकास कुमार बेगवानीले स्वागत गरे।

संघका अध्यक्ष श्री अनुपम राठीले संघ र संगठन बीचको वर्षौदेखिको सम्बन्ध रहेको र उद्योगी व्यवसायीहरुको साझा समस्याहरुलाई समाधान गर्न विभिन्न निकायहरुमा संयुक्त रुपमा पहल गर्दै आइरहेको बताउँदै भविष्यमा समेत सो सहकार्यलाई निरन्तरता दिनु पर्ने धारणा प्रकट गर्नु भई नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारीहरु र कार्यसमित सदस्यहरुलाई बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

संघका महासचिव संजय कुमार श्रेष्ठद्वारा संचालित उक्त स्वागत तथा भेटघाट कार्यक्रममा संघ पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, आमन्त्रित सदस्य, युवा उद्यम समिति र महिला उद्यम समितिका संयोजक र सदस्यज्यूहरुको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्