घट्यो सुनचाँदीको मूल्य, कति छ आजको बजार भाउ ?

काठमाडाैं । शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ । बिहिबार ताेलामा ४०० रूपैयाँले घटेकाे सुनकाे मूल्य आज प्रतितोला ८०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार ७०० रुपैयाँ कायम भएको छ।यसअघि बिहिबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीकाे मूल्य पनि ताेलामा ५० रूपैयाँले घटेकाे छ । बिहिबार २ हजार २०० रूपैयाँ निर्धारण गरिएकाे चाँदीकाे मूल्य आज प्रतिताेला २ हजार १ सय ५० रूपैयाँमा काराेबार भइरहेकाे छ ।