नेपाली कांग्रेसबाट निर्वाचित नागार्जुनका मेयर बस्नेत घुस लिएको आरोपमा दोषी ठहर

काठमाडौं । नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहन बस्नेत घुस लिएको मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अदालतलेपद्मा कोलोनी प्रालिका सञ्चालक अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस लिएको भन्दै शुक्रबार मेयर बस्नेतलाई दोषी ठहर गरेको हो ।
बस्नेतले अदालतको आदेशअनुसार उक्त घुस रकम र त्यसबाट किनेका जग्गा विभिन्न व्यक्तिलाई बिक्रीसमेत गरी १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेका छन् ।बस्नेतलाई कैद सजाय तोक्नका लागि विशेष अदालतले १६ असारमा अर्को पेसी तोकेको छ ।
यता, बस्नेतकी पत्नी उर्मिलाले भने सफाइ पाएकी छन् ।
मेयर बस्नेत नेपाली कांग्रेसबाट २०७९ मा नेकपा एमालेका सांसद नन्दन हरि गाैतमलाई १८१८ मतले हराएर निर्वाचित भएका थिए ।