२५ सयको विन्दुमा झर्यो नेप्से, ९ अर्बमा खुम्चियाे काराेबार

काठमाडाैं। साताकाे पहिलाे काराेबार दिन आइतबार पनि सेयर बजारमा गिरावट आएकाे छ । गत बिहिबार २४.७६ अंकले घटेकाे सेयर बजार मापक नेप्से परिसूचक आज ३२. १६अंकले घटेर २५ सय ९६ दशमलव ७४ बिन्दुमा झरेकाे छ ।
आज काराेबार रकम पनि घटेकाे छ । आज ३ सय १० वटा कम्पनीका २ करोड १५ लाख ७४ हजार कित्ता शेयर ९ अर्ब १४ कराेड ५८ लाख रुपैयाँमा किनबेच भएको छ ।
गत बिहिबार ३ सय १४ वटा कम्पनीका २ करोड ९४ लाख कित्ता शेयर ११ अर्ब २३ करोड रुपैयाँमा किनबेच भएको थियो ।
आज पियाेर इनर्जी लिमिटेडकाे सेयर मूल्य १० प्रतिशतले घटेकाे छ भने जाेशी हाइड्राेपावरकाे सेयर मूल्य ९.९८ प्रतिशतले बढेकाे छ ।