अमेरिकाबाट निष्कासित भुटानी शरणार्थी बारे सरकारले गर्‍यो यस्ताे निर्णय « Arthapath.com
८ असार २०८२, आईतबार

अमेरिकाबाट निष्कासित भुटानी शरणार्थी बारे सरकारले गर्‍यो यस्ताे निर्णय



काठमाडाैं । नेपाल सरकारले अमेरिकाबाट निष्कासित भएका भूतपूर्व भुटानी शरणार्थीहरूलाई अस्थायी रूपमा बस्न अनुमति दिने निर्णय गरेकाे छ ।

अमेरिकी निष्कासनमा परेर अवैध रूपमा नेपाल प्रवेश गरेका भूतपूर्व भुटानी शरणार्थीहरूलाई जरिबाना गर्ने, निजहरूलाई सम्बन्धित मुलुक फिर्ता गर्न उनीहरूबाट कागजपत्र माग गर्ने र प्रस्थान नगरुञ्जेलसम्मका लागि सरकारले यस्ताे निर्णय गरेकाे हाे।

गएको चैतमा अमेरिका सरकारले १० जना भुटानी शरणार्थीलाई निष्कासन गरेर भुटान फर्काएको थियो, जसमा चार जना नेपालमा पक्राउ परेका थिए।

सर्वोच्च अदालतको आदेश आकर्षित हुने चार जनामध्ये दुई जना भुटानमा नै जन्मिएको र दुई जनाको नेपालमा जन्म भएको बताइएको छ।

उनीहरूले अमेरिकाको सवारी चालक अनुमति पत्र, स्थायी बसोबासको अनुमति पत्र, सोसिअल सेक्युरिटी कार्ड जस्ता कतिपय कागजपत्र प्रस्तुत गरेको अधिकारीहरू बताउँछन्।

उनका अनुसार भिसा र राहदानी विना नेपाल प्रवेश गरेको देखिएका हुनाले ती चार जना भुटानीहरूका हकमा पाँच पाँच हजार रुपियाँ जरिवाना तोकिएको छ।

सर्वोच्च अदालतले अध्यागमन विभागलाई ती व्यक्तिहरूबारे एउटा निष्कर्षमा पुग्न असार ९ गतेसम्मको समयसीमा दिएको थियो।

अमेरिकाबाट निष्कासित शरणार्थीहरूमध्ये तीन जना अदालतको आदेशपछि बेलडाँगी शरणार्थी शिविर र एक जना मोरङको पथरी शिविरमा बस्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस्