सेयर बजारमा सामान्य सुधार, काराेबार रकम भने घट्याे

काठमाडाैं । चार दिनदेखि निरन्तर घटेकाे सेयर बजार साताकाे दास्राे काराेबार दिन साेमबार सामान्य अंकले बढेकाे छ । आज सेयर बजार मापक नेप्से पिरसूचक ८.१३ अैकले बढेर २६ सय ०४ दशमलव ११ बिन्दुमा राेकिएकाे छ ।
नेप्से परिसूचक बढे पनि आज काराेबार रकम भने घटेकाे छ । यस दिन ३२५ कम्पनीकाे १ कराेड ७५ लाख ८७ हजार ०३६ कित्ता सेयर खरिद बिक्रि हुँदा ६ अर्ब ४७ कराेड १९ लाख ५२ हजार रूपैयाँकाे काराेबार भएकाे थियाे ।
हिजाे ३ सय १० वटा कम्पनीका २ करोड १५ लाख ७४ हजार कित्ता शेयर ९ अर्ब १४ कराेड ५८ लाख रुपैयाँमा किनबेच भएको थियाे ।
आज व्यापार समुह सर्वाधिक २.७२ प्रतिशतले बढेकाे छ ।