नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई स्लाभिका आईभिएफमा २० प्रतिशतसम्म छुट « Arthapath.com
९ असार २०८२, सोमबार

नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई स्लाभिका आईभिएफमा २० प्रतिशतसम्म छुट



काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई काठमाडौं, सिनामंगलमा अवस्थित आईभिएफ एण्ड रिसर्च सेन्टर प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र ग्राहकहरुले विभिन्न उपचार सेवामा १० देखि २० प्रतिशत सम्म छुट पाउनुका साथै स्त्री रोग विशेषज्ञ परामर्श र आईभिएफ विशेषज्ञसँग परामर्श सेवामा १०० प्रतिशत सम्म छुट पाउने भएका छन् ।

सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र आईभिएफ एण्ड रिसर्च सेन्टर प्रालिको तर्फबाट अध्यक्ष अजय जंग कुँवरले हस्ताक्षर गरे ।


प्रतिक्रिया दिनुहोस्