आज स्थानीय तहकाे बजेट आउँदै, काठमाडौं महानगरमा अझै अन्योल

काठमाडाैं । आज धेरै स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दैछन् ।
असार १० गतेभित्र नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानूनी व्यवस्थाअनुसार पालिकाहरुले आज बजेट सार्वजनिक गर्न लागेका हुन् ।
भरतपुर महानगरपालिका, बुटवल उपमहानगरपालिका जस्ता केही सक्रिय पालिकाहरूले भने यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन्। यद्यपि, अझै धेरै पालिकाहरूले निर्धारित समयसीमा अनुसार आज बजेट प्रस्तुत गर्दैछन्, जसले स्थानीय तहको योजनागत स्पष्टता र वित्तीय अनुशासनमा सघाउ पुग्नेछ।
यता काठमाडौं महानगरपालिका जस्ता केही ठूला नगरपालिकामा राजनीतिक द्वन्द्व र अन्तरदलीय असमझदारीका कारण अझै बजेटसम्बन्धी प्रक्रिया थाती रहेको छ।
विगत पुस महिनादेखि नगरसभा बस्न नसकेको काठमाडौं महानगरपालिकाले अहिलेसम्म बजेट प्रस्तुत गर्ने मिति समेत तय गर्न सकेको छैन।
संघीय सरकारले स्थानीय तहहरूलाई आगामी वर्षका लागि ८८ अर्ब ९७ करोड रुपैयाँ निःशर्त अनुदान उपलब्ध गराएको छ। साथै ८३ अर्ब रुपैयाँ बराबरको राजस्व बाँडफाँट पनि सुनिश्चित गरिएको छ।
स्थानीय तहहरूले यिनै स्रोतहरू संघीय अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय र चालु वर्षको बचतलाई आधार मानेर बजेट तयार गरेका छन्।