सेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने पाैने ६ अर्बमा खुम्चियो

काठमाडाैं । मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक सामान्य बढेकाे छ । साेमबार ८.१३ अंकले बढेकाे सेयर बजार मापक नेप्से परिसूचक आज १.०८ अंकले बढेर २६ सय ०१ दशमलव ४८ विन्दुमा राेकिएकाे छ ।
यसदिन बैंकिङ, लगानी, उत्पादन तथा प्रशाेधन, माइक्राेफाइनान्स, म्युचिअल फण्ड समुहका उपसूचकहरू बढेका छन् भने बाँकी सबै घटेका छन् । आज हाेटल तथा पर्यटन समुह सर्वाधिक १.०६ प्रतिशतले घटेकाे छ ।
यस्तै आज काराेबार रकम पनि घटेकाे छ । यसदिन ३१३ कम्पनीकाे १ कराेड २५ लाख ५२ हजार ५९५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७६ कराेड ७८ लाख ९५ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।
हिजाे ३२५ कम्पनीकाे १ कराेड ७५ लाख ८७ हजार ०३६ कित्ता सेयर खरिद बिक्रि हुँदा ६ अर्ब ४७ कराेड १९ लाख ५२ हजार रूपैयाँकाे काराेबार भएकाे थियाे ।