नेपाल–इटाली वाणिज्य संघद्वारा इटालीका मानार्थ वाणिज्यदूत नुगारीलाई स्वागत « Arthapath.com
१० असार २०८२, मंगलबार

नेपाल–इटाली वाणिज्य संघद्वारा इटालीका मानार्थ वाणिज्यदूत नुगारीलाई स्वागत



काठमाडौं। नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले काठमाडाैंमा एक कार्यक्रमको आयोजना गर्दै इटालीमा नियुक्त नेपालका मानार्थ वाणिज्यदूत पाओलो नुगारीलाई स्वागत गरेकाे छ ।

बैठकको उद्देश्य नेपाल–इटाली सम्बन्धलाई थप सुदृढ बनाउने र व्यापार तथा आर्थिक सहकार्यका सम्भावनाहरूको खोजी गर्नु थियो । संघका अध्यक्ष संजय अग्रवालले द्विपक्षीय सम्बन्ध मजबुत बनाउन नुगारीले पुर्याएको योगदानप्रति आभार व्यक्त गर्दै, साझा व्यापारिक हितको प्रवद्र्धनमा एनआइसिसिआइको प्रतिवद्धता दोहोर्याए ।

कार्यक्रममा नेपालका लागि इटालीका मानार्थ वाणिज्यदूत सुश्री प्रतिमा पाण्डे तथा ल्क्ष्ऋऋक्ष् बोर्ड अफ डाइरेक्टरका सदस्यहरू पनि उपस्थित थिए ।

नुगारीले दिर्घकालीन प्रगतिको लागि दिगो सहकार्य, सांस्कृतिक आदानप्रदान, र निजी क्षेत्रको संलग्नताको महत्वमा जोड दिए ।

एनआइसिसिआइ नेपाल र इटालीबीचको व्यापार, संवाद, र रणनीतिक साझेदारीलाई निरन्तर प्रवद्र्धन गर्दै जाने प्रतिबद्धतासहित अघि बढ्दैछ ।


प्रतिक्रिया दिनुहोस्