सस्तियो सुनचाँदीको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य आज पनि घटेको छ । साताको चौंथो कारोबार दिन छापावाला सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ९३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज घटेर १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेर २ हजार १४० रुपैयाँ कायम भएको छ । मंगलबार २ हजार १६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।