प्रधान कार्यालयका निर्माणका लागि २० आना जग्गा खोज्दै सानिमा जिआईसी

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले आफ्नो प्रधान कार्यालय भवन निर्माण गर्ने भएको छ ।
भवन निर्माणका लागि कम्पनीले जग्गा खरिद गर्ने भएको छ । यदि भवन निर्माण सम्पन्न भएका व्यवसायिक भवन भएमा खरिद गर्ने कम्पनीले जनाएको छ ।
काठमाडौं उपत्यका भित्र मुल सडकमा जोडिएको वा मुल सडकबाट २०–३० मिटर भित्र रहेको कम्तीमा २० फिटको सहायक मार्गसँगजोडिएको हुनुपर्ने छ । जग्गा न्युनतम २० आना जग्गा वा त्यसमा निर्मित व्यवसायिक भवन हुनुपर्नेछ।
व्यवसायिक भवन तथा जग्गा बिक्री गर्न इच्छुकले आजैका मितिले १५ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।