माधव नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश « Arthapath.com
११ असार २०८२, बुधबार

माधव नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश



काठमाडाैं । विशेष अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।काठमाडाैं । ३५ लाख रुपैयाँ धरौटी बुझाएसँगै नेपाल रिहा हुने भएका छन्।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोपी नेपाललाई धरौटी माग गरेको हो ।

गत जेठ २२ गते अख्तियारले सरकारी हदबन्दी क्षेत्रको जग्गा पतञ्जलि योगपीठ नेपाललाई बेचबिखन र सट्टापट्टा गर्न दिने निर्णयमा भूमिका खेलेको आरोपसहित नेपालसहितका व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो।

भारतीय योगगुरु रामदेवको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपाललाई त्यस्तो हदबन्दी छुट दिने निर्णय कानुनविपरीत भएको भन्दै अख्तियारले छानबिन सुरु गरेको थियो।

यस प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन कानुन तथा न्यायमन्त्री तथा मन्त्रिपरिषद्, विधेयक समितिका तत्कालीन संयोजक प्रेमबहादुर सिंह, तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री स्वर्गीय डम्बर श्रेष्ठ र निजको छोरा सन्तोष श्रेष्ठ, तत्कालीन मुख्यसचिव स्वर्गीय माधवप्रसाद घिमिरे र उनकी श्रीमती कमला घिमिरे, तत्कालीन भूमिसुधार सचिव छविराज पन्त, सहसचिवहरू जीतबहादुर थापा र लालमणि जोशीसहित मन्त्रालयका अधिकारीहरू, मालपोत कार्यालय, काभ्रेपलान्चोकका तत्कालीन मालपोत अधिकृत प्रेमबहादुर देसारसहित मालपोत र गुठी कार्यालयका अधिकारीहरू तत्कालीन सनराइज ब्याङ्क लिमिटेडका नायब महाप्रबन्धक बलराम विष्टसहितका कर्मचारी पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपाल र उक्त कम्पनीका मुख्य भई कामकाज गर्ने संस्थापक सदस्य शालिग्राम सिंह र जग्गा खरिद गर्ने आठजना व्यक्तिहरू गरी ९३ जना विरूद्ध मुद्दा दायर भएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्