इरानको मसहद विमानस्थलमा रोकिएका थप ७ नेपालीको उद्धार

काठमाडाैं । युद्धकाे जाेखिम कायमै रहेकाे भन्दै इरानबाट थप ७ जना नेपालीकाे उद्धार गरिएकाे छ । इरानको मसहद हासमी नेजाड अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका थप ७ नेपालीको बुधबार उद्धार गरिएको हाे।
इरान अध्यागमन प्रशासनले ‘एक्जिट परमिट’ (इरान छोड्न आवश्यक अनुमति पत्र) नदेखाएको कारण उनीहरूलाई मंगलबार फर्काइएको थियो।
यसअघि दुई जना नेपाली मात्र उद्धार गरिएको थियो। ती दुई जनाले दिल्ली हुँदै बुटवल जाने तयारी गरिरहेका छन्।
बुधबार उद्धार गरिएका सात जना नेपालीलाई भारतीय दूतावासको पहलमा मसहद विमानस्थलबाट सुरक्षित निकालिएको हो।
उयदपुरकी गायत्री कार्की थापा, उनका छोरा उत्सव थापा, विष्णुप्रसाद भुसाल, बुद्धि भुसाल, सागर पौडेल, यज्ञ मरासिनी र राजु खनाल उद्धारपछि दिल्ली आइपुगेका छन्।