प्रेमा राज्यलक्ष्मी सिंह पुनः नेशनल लाइफ इन्स्योरेन्सको अध्यक्षमा निर्वाचित

काठमाडाैं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा श्रीमती प्रेमा राज्यलक्ष्मी सिंह पुनः निर्वाचित भएकी छन्।
कम्पनीको ३७औँ वार्षिक साधारण सभाबाट सर्वसम्मत रूपमा अध्यक्षमा पुनर्निर्वाचन भएपछि नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले उनलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
बीमा ऐन २०७९ को दफा ४७९६० अनुसार आयोजित शपथ समारोहमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री पनि सहभागी थिए।
शपथ ग्रहण कार्यक्रममा बीमा प्राधिकरणका अध्यक्ष ओझाले नवनिर्वाचित अध्यक्ष सिंहलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे। जवाफमा अध्यक्ष सिंहले बीमा प्राधिकरणप्रति आभार व्यक्त गर्दै कम्पनीको स्थायित्व र सेवा सुदृढीकरणमा सञ्चालक समितिको प्रतिबद्धता रहेको दोहोर्याइन्।