डिजिटल माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न एनसिएचएल र एण्ट इन्टरनेशनलको शसक्त पहल « Arthapath.com
१३ असार २०८२, शुक्रबार

डिजिटल माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न एनसिएचएल र एण्ट इन्टरनेशनलको शसक्त पहल



काठमाडाैं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र वित्तीय प्रविधिमा अग्रणी संस्था एण्ट इन्टरनेशनलले नेपालका पर्यटन व्यवसायलाई डिजिटल माध्यमबाट नयाँ उचाइमा पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरेका छन्।

यस कार्यक्रमको प्रमुख उद्देश्य डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन गर्दै आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकहरूको भुक्तानी अनुभवलाई सहज र सुरक्षित बनाउनु थियो।

कार्यक्रममा बैंक, वित्तीय संस्था र पर्यटन क्षेत्रका प्रमुख सरोकारवालाहरूको सहभागिता थियो, जसमा डिजिटल भुक्तानी प्रविधिको आन्तरिक पर्यटन विकास, अन्तर्राष्ट्रिय पर्यटकहरूको सहजता, र स्थानीय व्यवसायमा पार्ने सकारात्मक प्रभावबारे विस्तृत छलफल भएको थियो।

नेपाल पे क्यूआर र अलि पे प्लससँग सहज भुक्तानी सेवा
गत वर्ष कार्तिक महिनाबाट एनसीएचएल र एण्ट इन्टरनेशनलले सँगै मिलेर ‘नेपाल पे क्यूआर’ र ‘अलि पे प्लस’ नेटवर्क मार्फत क्रस-बोर्डर क्यूआर भुक्तानी सेवा सुरु गरेका थिए।

यस पहलको मद्दतले चीन, हङकङ, मकाउ, इटाली, मलेशिया, मंगोलिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, थाइल्याण्ड जस्ता १७ देशका मोबाइल एप प्रयोगकर्ताहरूलाई नेपालमा रहेका १२ लाखभन्दा बढी नेपालपे क्यूआर मर्चेन्टहरू मार्फत सजिलै भुक्तानी गर्न सक्षम बनाएको छ।

यो सेवा नेपाल भ्रमणमा आउने पर्यटकहरूका लागि न केवल सुरक्षित र सजिलो भुक्तानीको अनुभव प्रदान गर्छ, बरु नेपालको डिजिटल अर्थतन्त्रलाई समेत मजबुत बनाउने अपेक्षा गरिएको छ।

पर्यटन क्षेत्रमा आएको यो परिवर्तन स्थानीय व्यवसायका लागि समेत ठूलो अवसर हो, जसले डिजिटल भुक्तानीको माध्यमबाट आर्थिक समृद्धितर्फ एक कदम अगाडि बढाउन मद्दत गर्नेछ।

यस प्रकारको डिजिटल भुक्तानी सेवाले नेपालमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूको लागि भुक्तानी प्रक्रियालाई अत्यधिक सजिलो र सुरक्षित बनाउने विश्वास गरिएको छ।

यसले स्थानीय व्यवसायहरूलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न सहयोग पुर्‍याउनेछ र नेपालको डिजिटल प्रणालीलाई थप सशक्त बनाउने छ।


प्रतिक्रिया दिनुहोस्