एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएकाे छ । शुक्रबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईईको नतिजा सार्वजनिक गरेको हो ।
यसवर्षको एसइईमा ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी थिए । जसमध्ये ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ।
ग्रेडेड भएका मध्ये ४८ हजार १७७ जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन् भने ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना रहेका छन् ।
यस्तै ८९ हजार १२४ जनाले २.८ देखि ३.२ जीपीए, ४८ हजार ४७९ जनाले २.४ देखि २.८ जिपिए, ४ हजार १२६ जना विद्यार्थीले २ देखि २.४ जीपीए प्राप्त गरेका छन् ।