द वेस्टमिन्स्टर कलेजले जित्यो ‘पब्जी मोबाइल क्याम्पस क्लब नेपाल’को उपाधि

काठमाडौँ । द वेस्टमिन्स्टर कलेजले पब्जी मोबाइल क्याम्पस क्लब नेपाल (पीएमसीसी) – २०२५ को उपाधि जितेको छ । पब्जी मोबाइल नेपालद्वारा आयोजित पहिलो संस्करणको प्रतियोगितामा वेस्टमिन्स्टर कलेजले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको हो ।
प्रतियोगिताको ग्राण्ड फाइनल द ब्रिटिस कलेजको हलमा सम्पन्न भएको थियो, जसमा काठमाडौँका १६ प्रतिष्ठित कलेजहरू सहभागी थिए । सहभागी कलेजहरूमा ग्लोबल कलेज अफ टुरिज्म एन्ड हस्पिटालिटी, पाटन कलेज फर प्रोफेशनल स्टडिज, प्रेसिडेन्सियल कलेज, नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी, मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी, काष्ठमण्डप कलेज, काठमाडौँ युनिफाइड सिटी कलेज, काठमाडौँ मोडल कलेज, सफ्टवारिका कलेज अफ आईटी एन्ड ई–कमर्स, मदन भण्डारी मेमोरियल कलेज, एडभान्स कलेज अफ इन्जिनियरिङ म्यानेजमेन्ट, एसीएमई इन्जिनियरिङ कलेज, किंग्स कलेज, द वेस्टमिन्स्टर कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट र द ब्रिटिस कलेज रहेका थिए ।
वेस्टमिन्स्टर कलेजले पाँच खेलमा ११० अंक जोड्दै उपाधिसहित ७०,००० रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । वेस्टिमन्स्टरले तीन वटा ‘विनर विनर चिकेन डिनर’ प्राप्त गरेको थियो । वेस्टमिन्स्टर कलेजका खेलाडी डब्लुडी क्रिस प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उपविजेता मोडल इन्स्टिच्युट अफ टेक्नोलोजीले ५५ अंक प्राप्त गर्दा तेस्रो स्थानमा रहेको द ब्रिटिस कलेजले ४५ अंक जोड्न सफल भयो ।
त्यस्तै, व्यक्तिगत विधातर्फ प्रेसिडेन्सियल कलेजका सजेस श्रेष्ठले ‘क्याम्पस एम्ब्यासडर’को उपाधि जित्दै नगद २५ हजार रुपैयाँ प्राप्त गरे। एमआइएटीका पेमा लामा दोस्रो स्थानमा रहँदै १५ हजार रुपैयाँ जिते भने सफ्टवेरिकाका सुशान बडेलले तेस्रो स्थान हासिल गर्दै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।