काठमाडौंको गोंगबुमा यामाहाको ३ एस शोरुम उद्घाटन

काठमाडौं । काठमाडौंको गोंगबुमा नयाँ ३एस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधा सम्पन्न शोरुम ‘मोटो क्राफ्ट्स प्रालि’ सञ्चालनमा आएको छ ।
यामाहा नेपालले टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा ‘मोटो क्राफ्ट्स प्रालि’ को उद्घाटन गरेको हाे।
नयाँ शोरुममा आधुनिक पूर्वाधार र दक्ष जनशक्ति सहितको सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ। ग्राहकले यहाँ यामाहाको बाइक तथा स्कुटर किनमेलका साथमा बिस्तृत परामर्श, भरपर्दो सर्भिस तथा सक्कली स्पेयर पार्ट्स एकै स्थानमा पाउनेछन्।
कार्यक्रममा बोल्दै गोपाल कुमार अग्रवालले यामाहा एक उत्कृष्ट पर्फर्मेन्स, भरपर्दो प्रविधि र नवप्रवर्तनमा केन्द्रित भएकाे भन्दै गोंगबुमा मोटो क्राफ्ट्सको सुरुआतसँगै ग्राहकसँग अझ नजिक पुग्ने यात्रामा अर्को महत्वपूर्ण पाइला चालेकाे बताए ।
त्यस्तै, एमएडब्लु राइड्सका सीईओ दीपक कुमार अग्रवालले गोंगबुमा नयाँ ३एस शोरुम सुरु गर्नु ग्राहकको सेवा, पहुँच र सन्तुष्टिमा थप मजबूती ल्याउने कदम भएको बताए।
मोटो क्राफ्ट्स प्रालिका कार्यकारी निर्देशक सुरोज न्हेम्हाफुकीले भने, “हामी गुणस्तरीय बिक्री र सर्भिस अनुभव प्रदान गर्न प्रतिवद्ध छौं। हाम्रा ग्राहकको हरेक चरणको अनुभव सन्तोषजनक बनाउने लक्ष्यसहित हामी अघि बढिरहेका छौं।”
कार्यक्रममा एमएडब्लु ग्रुप अफ कम्पनीजका समूह निर्देशक गोपाल कुमार अग्रवाल तथा एमएडब्लु राइड्स प्रालिका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवाल विशेष अतिथिका रूपमा सहभागी थिए।
नयाँ शोरुम सञ्चालनमा आएपछि गोंगबु र वरपरका ग्राहकले यामाहाका दुईपांग्रे सवारी साधनको खरीद, मर्मत तथा स्पेयर पार्ट्स सेवा सजिलै पाउने भएका छन्।