रिद्धि सिद्धि सिमेन्टको मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द एअर २०८२ छात्रवृत्ति कार्यक्रम पुनः सुरू « Arthapath.com
१५ असार २०८२, आईतबार

रिद्धि सिद्धि सिमेन्टको मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द एअर २०८२ छात्रवृत्ति कार्यक्रम पुनः सुरू



काठमाडौं । रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरि “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द एअर २०८२” को छात्रवृत्ति कार्यक्रम पुन संचालनमा ल्याएको छ ।

यस छात्रवृत्ति अन्तर्गत २०८१ मा परिक्षा दिएको र २०८२ सालमा नतिजा प्राप्त भई एसईईमा उत्तिर्ण भएका सम्पूर्ण मकवानपुर जिल्लाको विद्यार्थीहरुलाई लक्षित गरि उक्त एसईई परीक्षामा ३.५ जिपिए देखि ४ जिपिए ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा सहभागिताको लागि योग्य मानिने छ ।

पछिला वर्षहरुमा आयोजना गरिएका “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द एअर २०८०” तथा ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द एअर २०८१’ छात्रवृति कार्यक्रमको भब्य र सभ्य सफलता पश्चात कम्पनीद्वारा यस २०८२ सालमा पनि कुल १५ जना स्मार्ट विद्यार्थीलाई मकवानपुरकै उत्कृष्ट छात्रवृति प्रदान गरिने छ।

छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५०००, दोश्रो हुनेलाई रु. ३५००, तेश्रो हुनेलाई रु. २५०० साथै सान्त्वना स्वरुप थप १२ विद्यार्थीलाई मासिक रुपमा रु.१५०० कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ ।

यस छात्रवृत्ति कार्यक्रममा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाईट (www.riddhisiddhicements.com) वा फेसबुक पेज (https://www.facebook.com/RiddhiSiddhicements) मा उल्लेखित गरिएको क्युआर कोर्डमा स्क्यान गरी फारम भर्न सक्नेछन् । आवेदकको फारम बुझाउने अन्तिम मितिः २८ असार, २०८२ तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्