सेयर बजारमा उत्साह, सवा ७ अर्बकाे काराेबार

काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उत्साह देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक २६.५३ अंकले बढेर २६ सय २२ दशममलव २८ बिन्दुमा पुगेको छ ।
बजार बढे पनि आज काराेबार रकम भने घटेकाे छ । यसदिन ३२८ कम्पनीकाे १ कराेड ६६ लाख ४३ हजार ११४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ कराेड १७ लाख ३६ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।
गत बिहिबार ३ सय ६ वटा कम्पनीका १ करोड ९६ लाख कित्ता शेयर ७ अर्ब ७८ करोड रुपैयाँमा किनबेच भएको थियाे ।
आज उत्पादन तथा प्रशाेधन समुह ०.४६ प्रतिशतले घटेकाेमा अन्य सबै समुहमा हरीयाली छाएकाे छ । यसदिन सर्वाधिक बढ्नेमा बैंकिङ समुह २.१६ प्रतिशत, माइक्राेफाइनान्स समुह १.९२ प्रतिशत, विकास बैंक समुह १.६७ प्रतिशत र अन्य समुह १.४९ प्रतिशतले बढेका छन् ।