दाेहाेराे अंकले बढ्याे नेप्से, ६ अर्ब ३८ कराेडकाे काराेबार

काठमाडाैं । साताकाे दाेस्राे काराेबार दिन साेमबार पनि नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दाेहाेराे अंकले बढेकाे छ । आज सेयर बजार मापक नेप्से परिसूचक आज ११.९९ अैकले बढेर २६ सय ३४ दशमलव २७ विन्दुमा पुगेको छ ।
सेयर बजार बढे पनि यस दिन काराेबार रकम पनि घटेकाे छ । आज ३१८ कम्पनीकाे १ कराेड ३२ लाख १७ हजार ८६४ कित्ता सेयर खरिदबिक्रि हुँदा ६ अर्ब ३८ कराेड ७२ लाख रूपैयाँकाे काराेबार भएकाे छ ।
हिजाे ३ सय २८ वटा कम्पनीका १ करोड ६६ लाख कित्ता शेयर ७ अर्ब १२ करोड रुपैयाँमा किनबेच भएको थियाे ।
आज जलविद्युत र अन्य समुहका उपसूचक घटेका छन् भने अन्य सबै समुहका उपसूचकहरू बढेका छन् । यस दिन उत्पादन तथा प्रशाेधन समुह १.६१ प्रतिशत र माइक्राेपफाइनान्स समुह १.०४ प्रतिशतले बढेकाे छ ।