नेपाली कांग्रेसबाट निर्वाचित नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष जेल र २ करोड ३० लाख जरिवाना « Arthapath.com
१६ असार २०८२, सोमबार

नेपाली कांग्रेसबाट निर्वाचित नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष जेल र २ करोड ३० लाख जरिवाना



काठमाडाैं । नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहन बस्नेतलाई विशेष अदालतले ८ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतलाई घुस लिएबापत ८ वर्ष र मेयर जस्तो ओहोदामा बसेका कारणले थप ३ महिनाको कैद सजाय सुनाएको हो ।

जग्गा प्लटिङको नीतिगत निर्णय गरेर त्यसबाट ९ करोड २२ लाख ४६ हजार रुपैयाँ घुस लिएको ठहर सहित विशेष अदालतले मेयर बस्नेतलाई २ करोड ३० लाख रुपैंयाका दरले जरिवाना मागेको हो ।

अदालतले उनलाई घुस दिने पद्मा कोलोनी प्रालिका सञ्चालक राजु कँडेललाई पनि घुस दिएको आरोपमा दोषी ठहर गरेकोमा सोहि कैद सजाय र नरिवाना सुनाएको छ ।

यस्तै बस्नेतलाई सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा १ बोजिम ३ वर्ष कैद सजाय हुने, विगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ ६६ पैसा जरिवाना हुने सँगै सम्पत्ति जग्गा समेत जफत हुने फैसला गरेको छ ।

यस्तै नगरप्रमुख बस्नेतलाई सम्पत्ती शुद्धिकरण सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ को दफा ३० को उपदफा ७ बमोजिम राष्ट्रसेवकले गरको सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा थप ३ महिना १८ दिन कैद र २ करोड ६२ लाख ५४ हजार ६०० रुपैयाँ ४६ पैसा जरिवाना थपिएको छ ।

साथै अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा ३ बमोजिम नगरप्रमुख बस्नेतबाट १ करोड ५ लाख १ हजार ४२ रुपैयाँ ५८ पैसा र कडेँलबाट ९ लाख २२ हजार ४६० रुपैयाँ ३२ पैसा क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको छ ।

मेयर बस्नेत नेपाली कांग्रेसबाट २०७९ मा नेकपा एमालेका सांसद नन्दन हरि गाैतमलाई १८१८ मतले हराएर निर्वाचित भएका थिए ।


प्रतिक्रिया दिनुहोस्