दोर्दीखोला जलविद्युत कम्पनीको सचिवमा कञ्चन चौधरी नियुक्त

काठमाडाैं । दोर्दीखोला जलविद्युत कम्पनीको सचिवमा कञ्चन चौधरी नियुक्त भएका छन् । सोमबार दिउँसो ४ बजे बसेको कम्पनीको संचालक समितिको बैठकको निर्णय अनुसार मंगलबारदेखि लागु हुने गरी सचिवमा कञ्चन चौधरीलाई नियुक्त गरेको हो ।
दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेड नेपालमा अवस्थित एक अग्रणी जलविद्युत विकासकर्ता कम्पनी हो, जसले मुख्य रूपमा लमजुङ जिल्लामा जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ।
यस कम्पनीले हालसम्म प्रमुख रूपमा दुईवटा आयोजना विकास गरिरहेको छस् दोर्दी–१ (१२ मेगावाट) र दोर्दी–२७ (२७ मेगावाट)। दोर्दी–१ आयोजना दोर्दी गाउँपालिका–६ मा अवस्थित एक रन अफ रिभर प्रकारको जलविद्युत आयोजना हो, जसको कुल लगानी लगभग २.९ अर्ब रुपैयाँ अनुमान गरिएको छ।
सन् २०७९ साउनदेखि परीक्षण उत्पादन सुरु भई अहिले वाणिज्यिक रूपमा विद्युत् उत्पादन भइरहेको छ।
कम्पनीले पूँजी विस्तार गर्न १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गरिसकेको छ, जसअनुसार हालसम्म यसको चुक्ता पुँजी करिब २ खर्ब १० अर्ब रुपैयाँसम्म पुगेको छ।