प्रिमियम फिचर किफायती मूल्यमा सामसङ ग्यालेक्सी बड्स कोर नेपालमा सार्वजनिक

काठमाडाैं । नेपालको अग्रणी प्रविधि ब्रान्ड सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन, ग्यालेक्सी बड्स कोर, नेपाली बजारमा सार्वजनिक गरेको छ।
आज अर्थात जुलाई १ देखि उपलब्ध हुने यी बड्स दैनिक उपयोगका लागि डिजाइन गरिएका सामसङले बताएको छ। उत्कृष्ट साउन्ड, एक्टिभ न्वाइज क्यान्सिलेसन र ग्यालेक्सी एआईको इन्टरप्रिटर जस्ता प्रिमियम फिचरहरू भएको यस बड्स मात्र ७ हजार ३९९ रुपैयाँको किफायती मूल्यमा सामसङले उपलब्ध गराएको छ।
कालो र सेतो रंगमा उपलब्ध ग्यालेक्सी बड्स कोर नेपालभर सामसङका आधिकारिक बिक्रेताहरूबाट बिक्री हुनेछ।
नेपालको अग्रणी प्रविधि ब्रान्ड सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन, ग्यालेक्सी बड्स कोर, नेपाली बजारमा सार्वजनिक गरेको छ।
आज अर्थात जुलाई १ देखि उपलब्ध हुने यी बड्स दैनिक उपयोगका लागि डिजाइन गरिएका सामसङले बताएको छ। उत्कृष्ट साउन्ड, एक्टिभ न्वाइज क्यान्सिलेसन र ग्यालेक्सी एआईको इन्टरप्रिटर जस्ता प्रिमियम फिचरहरू भएको यस बड्स मात्र ७ हजार ३९९ रुपैयाँको किफायती मूल्यमा सामसङले उपलब्ध गराएको छ।
कालो र सेतो रंगमा उपलब्ध ग्यालेक्सी बड्स कोर नेपालभर सामसङका आधिकारिक बिक्रेताहरूबाट बिक्री हुनेछ।
कम्प्याक्ट, शक्तिशाली, स्मार्ट
ग्यालेक्सी बड्स कोरले डायनामिक ड्राइभरहरूको प्रयोग गरी डिप इमर्सिभ साउन्ड तथा शक्तिशाली ब्यास प्रदान गर्दछ। एएनसी र कल न्वाइज रिडक्सनको साथमा, प्रयोगकर्ताहरूले धेरै हल्ला भएको ठाउँमा पनि स्पष्ट सँग कुरा गर्न सक्छन्।
तीनवटा माइक प्रणालीले उत्कृष्ट भोकल स्पष्टता सुनिश्चित गर्छ, जसले यी इयरबड्सलाई फोन कल, संगीत, वा मिटिङका लागि एक्दम उपयुक्त बनाउँछ। प्रत्येक इयरबडमा सुरक्षित र सहज विङटिप्स छन्, जसले कठिन गतिविधिहरूको क्रममा पनि आरामदायी महसुस गराउँछ।
ग्यालेक्सी एआई इन्टरप्रिटर – तपाईँको कानमा रियल–टाइम अनुवाद
यसको प्रमुख फिचरहरू मध्ये एक हो ग्यालेक्सी एआई इन्टरप्रिटर, जसले कुराकानीको क्रममा दुईतर्फी रियल–टाइम अनुवाद प्रदान गर्छ। जुनसुकै भाषामा कुराकानी गरेपनि यस इयरबड्सले त्यसलाई तुरुन्तै अनुवादित उत्तर प्रदान गर्ने सामसङको भनाइ छ।
ग्यालेक्सी बड्स कोरले डायनामिक ड्राइभरहरूको प्रयोग गरी डिप इमर्सिभ साउन्ड तथा शक्तिशाली ब्यास प्रदान गर्दछ। एएनसी र कल न्वाइज रिडक्सनको साथमा, प्रयोगकर्ताहरूले धेरै हल्ला भएको ठाउँमा पनि स्पष्ट सँग कुरा गर्न सक्छन्।
तीनवटा माइक प्रणालीले उत्कृष्ट भोकल स्पष्टता सुनिश्चित गर्छ, जसले यी इयरबड्सलाई फोन कल, संगीत, वा मिटिङका लागि एक्दम उपयुक्त बनाउँछ।
प्रत्येक इयरबडमा सुरक्षित र सहज विङटिप्स छन्, जसले कठिन गतिविधिहरूको क्रममा पनि आरामदायी महसुस गराउँछ।
यसको आइपी ५४ रेटिङले यसलाई धुलो र पानी प्रतिरोधी बनाएको छ भने ब्लुतुथ ५.४ को साथमा स्थिर र छिटो कनेक्टिभिटी सुनिश्चित हुन्छ। साथै, टच कन्ट्रोल, मल्टि-डिभाइस कनेक्टिभिटी, र सामसङ फाइन्ड एपमार्फत ‘फाइन्ड माई इयरबड्स’ फिचरले यसलाई अझ स्मार्ट बनाएको छ।
चार्जिङ केससहित ग्यालेक्सी बड्स कोरले ३५ घण्टासम्मको ब्याट्री ब्याकअप दिन्छ, भने एएनसी प्रयोग गर्दा पनि २० घण्टा टिक्ने क्षमता राख्दछ। यी सबै सुविधाहरू एकैपटक प्रदान गर्ने ग्यालेक्सी बड्स कोरले दैनिक जीवनका लागि सुविधा, प्रविधि र मूल्यको उत्कृष्ट समन्वय प्रस्तुत गरेको छ।
नेपाली बजारमा यसकाे मूल्य ६ हजार ३ सय ९९ रूपैयाँ रहेकाे छ ।